ब्लग / विचार

फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति


२७ जेष्ठ २०७९, शुक्रबार ००:००


काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरात १ वजे १८ बुँदे सहमति भयो । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । तर गत सोमबारको सहमतिलाई नै कायम राखेको भन्दै स्थानीय आन्दोलन पक्ष असन्तुष्ट बनेका छन् ।

सहमतिको नाम मा नाटक मात्र भयको देखिन्छ ,प्रहरी को दमन वाट र नियन्त्रणमा लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालगायत अन्य स्थानीयलाई खवर नै नगरी काठमाडौं महानगरको कार्यलयमा राति मिटिङ गरेकोमा स्थानीयले आपत्ति जनाएका छन् । गत सोमबार पनि फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको वार्तामा स्थानीयहरु र संघर्ष समिति उपस्थिति नरहेको र पुरानै सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेको स्थानीयको आरोप छ । यद्यपी आज बिहान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग स्थानीय र आन्दोलन पक्षसहित वार्तामा बस्ने तयारी भइरहेको बुझिएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार ००:००