Breaking News Post

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप


२७ जेष्ठ २०८३, बुधबार ००:००


२७ जेठ, काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको हो ।

आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको सूचनाअनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो ।

तर सो म्याद सकिन तीन दिन बाँकी छँदा करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता गणेश केसीका अनुसार आजै सम्पत्ति विवरण बुझाउनेहरुको चाप र सहजतालाई मध्यनजर गरी अन्तिम पटकलाई म्याद थप गरी मौका दिइएको हो । उनका अनुसार हालसम्म प्राप्त सम्पत्ति विवरणको जाँचबुझ पनि थाल्ने तयारी गरिएको छ ।

प्रकाशित : २७ जेष्ठ २०८३, बुधबार ००:००