जुन 9, बेलायत
गितकार कल्पना आङ्बुहाङ को नयाँ गित मही माग्ने ढुङ्ग्रो को भिडियो सार्वजनिक भएको छ। साहिल लिम्बुको सङ्गित मा मिङ्सो केरुङ र जुना प्रसाई ले स्वर दिएका छन् ।
संगीत संयोजन देवेश राई , मिक्सिङ/मास्टरिङ: राजु कार्की रेकर्डिङ स्टुडियो: माहोल स्टुडियो मा गरिएको गितमा कोरस
शाहिल लिम्बु,विजय मगर,दीपा तामाङ,सम्झना योङहाङ ले गरेका छन्।
छायांकन खगेन्द्र जंग ठाकुरी,पोस्ट प्रोडक्सन: रीमा फिल्म्स
सम्पादन तथा रङ संयोजन मिराज अर्याल र निर्देशन प्रकाश राना मगरले गरेका छन् ।
भिडियो लाई आफ्नै युट्युब च्यानल मेरि आमा कल्पना आङ्बुहाङ बाट सार्वजनिक गरिएको छ। शुन्दर बेलायतको बिभिन्न ठाउँमा छायाङकन गरिएको भिडियोमा ज्ञान याक्थुङ्बा,जबेगु मेनुका आन्छाङ्बो,कञ्चन थलङ,रिता इवा लिम्बु,रोशनी याक्सो,पर्वत राई,शारदा थाम्देन लिम्बु,प्रकाश राना मगर लगायतले भिडियोमा अभिनय गरेका छन।

गितकार कल्पना आङ्बुहाङ को २०२७ बैशाख २० गते ताप्लेजुङको हाङ्पाङ हाल आठराई त्रीबेणी गाउँपालिका – ३ मा भएको थियो।
उहाँका कृतिहरु आमा अडियो भिडियो आमा -२ अडियो भिडियो, बार्हमासे फुल एल्बम (अडियो भिडियो) गितिसङग्रह नरुनु आमा , आमाको जिवनकथा , मेरी आमा -२ लगायत थुप्रै गितहरु सृजना गरिसक्नुभएको छ।
बेलायतमा बसेर समाजसेवामा पनि उत्तिकै सक्रिय कल्पना आफ्नो भाषा साहित्य गित सङ्गित प्रती अत्यन्तै मिहिन ढङ्ले लाग्नुभएको छ।
अत्यन्तै मिजासिलो कोमल ह्रदयले भरिपुर्ण कल्पना नयाँ प्रतिभाहरुलाई माया हौशला गर्नेहरुमध्येमा पर्नुहुन्छ।
गित यहाँ हेर्नुहोला











प्रतिक्रिया