काठमाडौँ, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमूलस्थित उनको निवासबाटै पक्राउ गरेको हो। झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि झाँक्रीले उक्त विघटनलाई तत्काल अनुमोदन गर्ने राष्ट्रपति र सो कदमको समर्थन गर्नेप्रति कडा आलोचना गर्दै आएकी छन्। उनले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन्।
झाँक्रीले सो भाषणमा प्रयोग गरिएको भाषाप्रति भने राष्ट्रपति र प्रधानमन्त्रीनिकटहरुले आपत्ति जनाउँदै आएका थिए। यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
https://www.youtube.com/watch?v=UKyc8YCa78c&feature=emb_title











प्रतिक्रिया