गृह पृष्ठ

नेपाल किराँत कुलुङ विद्यार्थी संघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न


२७ श्रावण २०८२, सोमबार ००:००


काठमाडौं, नेपाल किराँत कुलुङ विद्यार्थी संघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। संघको काठमाडौमा सम्पन्न भएको छैठौं महाधिवेशनले संघको अध्यक्षमा दिवश होदीबू कुलुङलाई निर्विरोध रुपमा चयन गरेको छ, होदीबू निवर्तमान महासचिव हुनुहुन्थ्यो।

नयाँ कार्य समितिमा उपाध्यक्ष क्रमशः उदय कुलुङ, दर्शन कुलुङ, मणि धन कुलुङ, सबिता कुलुङ निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै महासविचमा केशप रोतेम्बू कुलुङ र सचिवमा क्रमशः अर्जुन कुलुङ, बल बहादुर कुलुङ, सुमित्रा कुलुङ लगायत १९ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

संघका नव नवनिर्वाचित अध्यक्ष दिवस होदीबू कुलुङले कुलुङ विद्यार्थीहरुको शैक्षिक, भाषिक, सांस्कृतिक साथै समग्र राजनीतिक अधिकारको निम्ति एकताबद्ध भएर संघले काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रीय अध्यक्ष चन्द्रसिहं कुलुङ, विशेष अतिथि महाकुलुङ गाउपालिका अध्यक्ष सुर्य कुलुङ, उपाध्यक्ष बिपना कुलुङ, लगायत पाँच वडाका वडा अध्यहरुको उपस्तिथि रहेको थियो।


प्रकाशित : २७ श्रावण २०८२, सोमबार ००:००