ताजा घटना

आफ्नै आमा बुबाले गरे नौ महिनाको बालकलाई घाँटी रे’टी ह’त्या


२८ भाद्र २०७८, सोमबार ००:००


संसारमा भगवान भन्दा पनि ठुलो देवता भनेको आमाबुबा मानिने गरिन्छ।छोराछोरीलाई ज्वोरो आयो भने आमाबुबा रातभरि न सुती आफ्नो बालबालिकाकाे उपचारका निम्ति काँहा काँहा पुर्‍याउँछन् यो कस्तो कलियुग हो आफ्नै नौ महिनाको बच्चालाई आफ्नै आमाबुबा द्वारा घाँटी रे’टी ह’त्या गरिएको छ।

रुपन्देहीको गैंडहवा गाउँपालिका वार्ड न ६ सुर्यपुरा बजार नजिकै बस्ने श्रीराम मल्लहा(गानि)नाम गरेको र निजको श्रीमती रेनु माल्लहा ले शनिबार राति अंदाजी १बजे आफ्नै घरको छतमा आफ्नो नौ महिनाको छोरा सुरज मल्लहालाई धा’रिलो हसीयाले घटी रे’टी ह’त्या गरी आफ्नै घरको बेडमा लगेर राखेर आफ्नो बच्चाको ह’त्या भएको भनी हल्लाखल्ला गरेपछि स्थानीयले थाहा पाएको स्थानीयवासीले बताएका छन।

थप अनुसन्धानका लागि मृ’तकका आमा बुबालाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको सुर्यपुरा प्रहरी कार्यालयका प्रमुख राज कुमार पहाडीले जानकारी दिए।

ह’त्याको कारणका लागि सोधपुछ गर्दा भएको सम्पत्ति सबै ठुलाे दिदी आकालमती मल्लाहालाई मेरो आमाले नामसारी गरिएको र मेरो लागि नत नागरिता छ।न त छोराकाे जन्मदर्ता छ।यसै कारणले आफ्नो छोराको ह’त्या गरि आफू र आफ्नो श्रीमतीको पनि ह’त्या गर्ने मृ’त्युका बुबा श्रीराम मल्लाहाले प्रहरीले पक्राउ गर्ने अवस्थामा बताएको स्थानीयवासीले जानकारी दिएका थिए।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार ००:००