खेलकुद

अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगे


२९ पुस २०८१, सोमबार ००:००


काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सुकुटे पुगेका हुन् ।
बुधबार देखि सुरु हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड सुकुटे पुगेका हुन् ।

उनको साथमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा लगायत छन् ।

प्रचण्ड यसअघि पनि बेला बेलामा सुकुटे पुग्ने गरेका थिए । सोमबार दिउँसो बस्नेगरी माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको थियो । उक्त बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित : २९ पुस २०८१, सोमबार ००:००