गृह पृष्ठ

सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियाे


३० भाद्र २०८१, आइतबार ००:००


काठमाडौं, प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।

संसदको जो अवरोध थियो, त्यो कसरी सञ्चालन गर्ने भन्ने छलफल भयो’ उनले भने, ‘यहाँ भएको छलफल दलमा राख्छु । एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेको विरोधमा माओवादीले अघिल्लो बैठक पनि अवरुद्ध गरेको थियो ।

याे पनि पढनुहाेसः

कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका-६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन् । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । यस्तै, भजनी नगरपालिका-८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन् । शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी जम्मा भएको ठाउँमा लड्दा डगौराको मृत्यु भएका जस्तो देखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भने भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार ००:००