ताजा घटना

सोलुखुम्बु लोखिममा नवजात शिशुको शब भेटियो


२८ आश्विन २०७७, बुधबार ००:००


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको लोखिममा नवजात शिशुको बेबारिसे शब भेटिएको छ । लोखिमको आइतबारे, छाँगामा सालनाल सहितको शिशुको शब भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार ००:००