ताजा घटना

गुडिरहेको यात्रुबाहक बसमा एक्कासी आगलागी


२९ मंसिर २०७७, सोमबार ००:००


गुडिरहेको यात्रुबाहक बसमा एक्कासी आगलागी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको छ । आज बिहान ६ बजेतिर तुलसीपुर १३ बखरियामा आगलागी हुँदा बस जलेर नष्ट भएको छ । तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा१ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

बसको ब्याट्री सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जसपुर प्रहरीचौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पूजाराले जानकारी दिए । उनका अनुसार बसमा करिब २० जना यात्रु थिए ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार ००:००