गृह पृष्ठ

डा.शेखर कोइराला र अध्यक्ष प्रचण्डकाे खुमलटारमा भेट


२ श्रावण २०८२, बिहिबार ००:००


काठमाडौँ, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा भेट भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार समसामयिक राजनीतिबारे छलफल भएको छ । पछिल्लो समय सत्ता गठबन्धनबिच विवाद चर्किरहेको बेला प्रचण्ड र कोइरालाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘प्रचण्डसँग खुमलटारमा भेट भएको हो । समसामयिक राजनीतिबारे छलफल भएको हो’उनले भने ।

प्रकाशित : २ श्रावण २०८२, बिहिबार ००:००