ताजा घटना

सवारी दुर्घटनामा काठमाडौंकी रिता खड्काको मृत्यु


७ माघ २०७७, बुधबार ००:००


काठमाडौं’ काठमाडौं बल्खु पुलमा सवारी दुर्घटनामा काठमाडौंकी रिता खड्काको मृत्यु भएको छ । बल्खु पुलमा सानेपा हुँदै कलंकी तर्फ गइरहेको ना ख २२०९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरले सोही दिशाबाट आएको बा ५४ प ३०१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा उक्त घटना घटेको हो ।

साँझ ६ः४५ बजे ट्यांकरले पछाडिबाट स्कूटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा काठमाडौं महानगर-१४ आश्रममार्ग बस्ने रिता खड्कीको मृत्यु भएको हो । ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००