Breaking News Post

थुलुङ दुधकोशीले उत्पादनलाई जोड दिदै ६३ करोडबढीको बजेट सार्वजनिक


१० असार २०८२, मंगलबार ००:००


जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्पादनलाई जोड दिदै आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोडबढीको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सविता राईले गाउँसभाको १४औं अधिवेशनमा ६३ करोड ३७ लाख ६० हजार रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पेस गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष असीम राईको अनुमतिमा पेस भएको बजेट अनुसार संघीय सरकार समानीकरण अनुदान रु.१२ करोड ३७ लाख, संघीय सरकार राजश्व वाँडफाँड रु.८ करोड ६७ लाख, संघीय सरकार सर्शत अनुदान रु. ३३ करोड ८१ लाख, संघीय सरकार विशेष अनुदान रु.१ करोड ६५ लाख, संघीय सरकार समपुरक अनुदान रु. ५२ लाख रहेको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार प्रदेश सरकार समानीकरण अनुदान रु. १ करोड २० लाख ४८ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड रु. ५४ लाख ७६ हजार, प्रदेश सरकार सशर्त अनुदान रु.१ करोड १५ लाख ८६ हजार, प्रदेश सरकार समपूरक अनुदान रु. १ करोड ६० लाख र आन्तरिक स्रोत रु. १ करोड ८४ लाख ५० हजार रहेको छ ।
प्रस्तुत भएको नीति तथा कार्यक्रममा देउसा कृषि वन श्रोत केन्द्रलाई थुलुङ दुधकोशी कृषि अनुशन्धान केन्द्रको रुपमा विस्तार गरिने भएको छ । उक्त अनुसन्धान केन्द्र मार्फत १ लाख ५० हजार कफिको बिरुवा उत्पादन गरि कफी खेती विस्तार गरिने छ । यस वर्षको कार्यक्रममा लक्षित वर्ग सङ्ग अध्यक्ष कार्यक्रम, वृहत् जालिम पर्यटन प्रवर्द्धन कार्यक्रम, प्रदेश खेलग्राम लगायत गौरवको कार्यक्रम समावेश गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

प्रकाशित : १० असार २०८२, मंगलबार ००:००