गृह पृष्ठ

प्रादेशिक अस्पतालमा हैजाका बिरामी देखापरेपछि चिकित्सकको टोली वीरगञ्जमा


९ भाद्र २०८२, सोमबार ००:००


वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली वीरगञ्ज पुगेको छ ।
गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै सोमबार गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा.विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए ।
दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ’ उनले भने, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ । वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन्भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन् ।

प्रकाशित : ९ भाद्र २०८२, सोमबार ००:००