गृह पृष्ठ

कोशी प्रदेश :सचिवालयमा प्रवेश गर्न रोक लगाउने भएपछि एमालेले बिहानै बैठक बोलायो


१४ जेष्ठ २०८०, आइतबार ००:००


बाहिर पहिचानवादीको आन्दोलन चलिरहँदा संसद् सचिवालय भित्र भने नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको भए पनि ९ः३० बजे मात्रै बैठक सुरु भएको हो ।

पाचकर्ण राई भने काठमाडौँमा रहेको र अन्य केही सांसद बाटोमा रहेको प्रमुख सचेतक रेवती रवण भण्डारीले बताए । पहिचान बादी नेताहरूले संसद् सचिवालयमा प्रवेश गर्न रोक लगाउने भएपछि एमालेले बिहानै बैठक बोलाएको थियो ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १६ जना कार्यकर्तालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार ००:००