Breaking News Post

हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन : सांसद सुमना


१३ श्रावण २०८२, सोमबार ००:००


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् ।

खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ’, उनले भनिन् । प्रधानमन्त्री ओली साउन ७ गते मधेश पुगेका थिए । उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन् । मधेशमा भएको अभावलाई हेरौं । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन’, उनले भनिन् । उनले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह पनि गरिन् । वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्न उनले माग गरिन् ।

प्रकाशित : १३ श्रावण २०८२, सोमबार ००:००