शिक्षा

सीताले जन्माइन् एकैपटक चार सन्तान


१२ कार्तिक २०७८, शुक्रबार ००:००


काठमाडौं, २४ वर्षीया महिलाले मंगलबार चार जना सन्तानको जन्म दिएकी छिन् । पाल्पाको माथागढी गाउँपालिका–१ की सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा हिजो चम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् ।

उनी कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । महिला तथा प्रसूति विशेषज्ञको टोलीले उनको हिजो शल्यक्रिया गरेको थियो । हाल आमा र बच्चाको अवस्था सामान्य छ । सीताले १ किलो ६० ग्राम, १ किलो सय ग्राम, १ किलो १३० ग्राम र १ किलो ११५ ग्राम तौल भएका चार सन्तानलाई जन्म दिएकी थिइन् । बच्चाहरूको अवस्था सामान्य भएपनि तौल कम भएकोले एनआईसीयुमा राखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार ००:००