काठमाडौंको विभिन्न स्थानबाट निस्किएको नेकपा एमालेको र्याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ । प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ ।
सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएको हो । यतिखेर शान्तिबाटिक क्षेत्रको दृश्य हेर्ने हो भने वारि राजावादी,पारि एमाले र बीचमा बाक्लो संख्यामा प्रहरी रहेका छन् ।
सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण प्रहरीले बनाएको हो । प्रहरी प्रशासनले २ बजेपछि मात्रै राजावादी समर्थकहरूलाई शान्तिबाटिकामा प्रवेश दिने यसअघि नै बताइसकेको छ ।
एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै काठमाडौंका विभिन्न स्थानबाट उत्सव र्याली निकालेको छ । विभिन्न स्थानबाट निस्कने र्याली भृकुटीमण्डपमा भेला भएर शान्तिवाटिकमा पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ ।











प्रतिक्रिया