वीरगञ्ज, वीरगञ्ज-८ पा’नीटंकीमा शं’कास्पद अवस्थामा एक महिलाको श’व फेला परेको छ । नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको पति लागू औषध मुद्दामा दो’षी ठहर भई का’रागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् । पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार महिलाको मृत्यु शं’कास्पद देखिएको छ ।
‘शरीरमा चोकपटक तथा निलडाम छैन, मृ’तकको नाकबाट फिज आएको छ । ऐनाको सीसा र मोबाइल फुटेको देखिएको छ, कोठामा बियरका बोतलहरु पनि छन्’ उनले भने, ‘घटना सं’कास्पद छ, अनुसन्धानका लागि कोठामा आइरहने युवकलाई नियन्त्रणमा लिएका छौं ।











प्रतिक्रिया