एमाले बैठकमा ‌ओलीको एकल प्रस्तुति

५ असोज, काठमाडौं । एमाले पार्टीको अभ्यासमा  विगतमा केन्द्रीय कमिटी लगायतका बैठकहरूको सुरूवात महासचिवले गर्थे । अध्यक्षलाई अध्यक्षताका लागि अनुरोध गर्थे । त्यसपछि अध्यक्षले उद्घाटन मन्तव्य दिन्थे । अध्यक्षले आफ्नो धारणा राखेपछि बैठकका लागि तय गरिएका नियमहरूका आधारमा बैठक  चल्थ्यो । वर्षौंदेखि एमालेका केन्द्रीय बैठकहरूमा सहभागी हुँदै आएका नेताहरूका लागि सोमबारको बैठक भने नौलो रह्यो…