काठमाडौं, इजरायलले गाजामा मानवीय सहायता पुर्याउन युद्ध रोक्न सहमत भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजरायलले गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन युद्धविराम गर्न सहमत भएको हाे ।
गाजा पट्टीमा सञ्चालन हुने यस खोप अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्लुएचओका वरिष्ठ अधिकारी रिक पेपरकर्नले बताएका छन । आइतवारदेखि सुरु हुने यो तीन दिने अभियानले गाजाको मध्य, दक्षिणी र उत्तरी भागलाई समेट्ने भएकाे छ ।
युद्धविराम स्थानीय समय अनुसार अपरेशनको दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म लागू हुनेछ । पोलियोका कारण १० महिनाको बच्चालाई पक्षाघात भएको राष्ट्रसंघका अधिकारीहरूले बताएको समयमा यो सम्झौता भएको हो ।
गाजामा २५ वर्षमा पोलियोको यो पहिलो केस हो। हाल, गाजामा मौखिक पोलियो खोपको १.२६ मिलियन डोजहरू उपलब्ध छन् । जबकि चार मिलियन डोजहरू चाँडै आउने अपेक्षा गरिएको छ। यो खोप अभियान प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्लुएचओ, युनिसेफ र युएनआरडब्लुएसँगको सहकार्यमा अनुगमन गर्नेछ। यसमा २ हजार स्वास्थ्यकर्मी सहभागी रहनेछ ।
गाजा पट्टीमा ९० प्रतिशत खोप लगाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य रहेको छ । द्वन्द्व अघि गाजा र वेस्ट बैंकमा खोप पर्याप्त रहेको डब्लूएचओले बताएको छ । पछिल्लो तथ्याङ्क अनुसार गाजा र वेस्ट बैंकमा सन् २०२२ मा ९९ प्रतिशत खोप लागेको थियो, जुन गत वर्ष ८९ प्रतिशतमा झरेको थियो।











प्रतिक्रिया