खेलकुद

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य


१७ मंसिर २०८१, सोमबार ००:००


काठमाडौं, कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्‌लाई १४२ रनको लक्ष्य दिएको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो ।

अर्जुनले १९ औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडे । अन्तिम दुई ओभर विदेशी बलरलाई गराउनु जनकपुरका लागि महँगो सावित भयो ।

याे पनि पढनुहाेसः

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा परम्परागत रूपमा फूलबारी लिला मनाइँदै छ । यस अवसरमा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने परम्परा रहेको छ । साँझ विवाहमण्डप नजिकै रहेको फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ ।

फूलबारी लिलामा राम, लक्ष्मण र जानकीको स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ । किंवदन्ती अनुसार, त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा भाग लिन अयोध्याबाट आएका राम र लक्ष्मण पुष्पबाटिकामा घुम्न जाँदा राम र सीताको नजर एकअर्कामा परेको थियो। त्यही बेला जानकीले रामलाई जीवनसाथीका रूपमा पाउन मनोकामना गरेको जनविश्वास रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दासले बताएका छन ।

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर १६ गतेबाट सुरु भएको विवाहपञ्चमी २२ गतेसम्म चल्ने छ ।

हिजो पहिलो दिन जानकी मन्दिरमा नगरदर्शन लिला सम्पन्न भएको थियो । भोलि मंसिर १८ गते धनुष यज्ञ, मंसिर १९ गते तिल्कोत्सव, मंसिर २० गते राम र जानकीको मटकोर र मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । मंसिर २२ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

प्रकाशित : १७ मंसिर २०८१, सोमबार ००:००