काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको पेटमा समस्या देखिएको छ। प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराएको उनको सचिवालयले जनाएको छ।
डन्डोस्कोपी गर्दा प्रधानमन्त्री केही थकित र कमजोर देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिँदा आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ। बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि अर्को मिति तय भएको छैन।
याे पनि पढनुहाेस ः
काठमाडौँ, पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको हो ।
पुरानो कानुन आएयता दर्जनौँ अन्तर्राष्ट्रिय महासन्धिहरू लागू भइसकेको र ती प्रावधान पुरानो ऐनले नसमेटेकाले नयाँ ऐनको प्रस्ताव गरिएको मन्त्रालयले विधेयकमा उल्लेख गरेको छ । साथै पानी जहाज सञ्चालनलाई विकास र विस्तार गर्न सोको प्रभावकारी नियमन गरी पानीजहाज सेवालाई सुरक्षित स्तरीय विश्वसनीय, नियमित र व्यवस्थित गर्नका लागि उक्त विधेयक बनाइएको जनाएको छ ।
विधेयकमा जलमार्ग रुट निर्धारण, अनुमति र प्रयोगसम्बन्धी प्रावधान राखिएको छ । पानीजहाज कार्यालयको व्यवस्था, सेवा सञ्चालन, पानीजहाजको दर्ता, स्वामित्व, पानीजहाजलाई राष्ट्रियताको प्रमाणपत्र प्रदान गर्ने, नेपालको झन्डा प्रयोग गर्नेलगायत विषयहरू विधेयकमा समेटिएको छ ।
२०२७ सालमा बनेको पानीजहाजसम्बन्धी तीन वटा कानुनहरू नेपालको व्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन, पानीजहाज दर्ता ऐन र नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचा) ऐनलाई प्रस्तावित नयाँ ऐनले विस्थापन गर्नेछ । साथै नयाँ कानुन आएपछि आन्तरिक जलमार्गमा पानीजहाज सञ्चालन व्यवस्थित हुने तथा समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन सम्भव हुने अपेक्षा छ ।











प्रतिक्रिया