गृह पृष्ठ

खोटाङका बाबु-छोरा भक्तपुर बालकोटमा मृत भेटिए,हत्याको आशंका


८ पुस २०८१, सोमबार ००:००


काठमाडौं , भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए ।

दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । हामी अनुसन्धान गर्दैछौं,’एसपी बुढाथोकीकाे अनुसार आइतबार राति बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।

आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

प्रकाशित : ८ पुस २०८१, सोमबार ००:००