गृह पृष्ठ

सुन तस्करले भेट्यो भने पुलिसलाई किन हेरेको हँ ? भन्छ : प्रधानमन्त्री


२६ माघ २०८१, शनिबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन् । नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले यतिमात्रै नभइ अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताए । ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए‘ किन हेरेको भनेर ?’ उनले अघि भने, ‘झोलाभरि सुन हुन्छ तर, किन हेर्‍या भन्छ ?उल्टै हप्काउँछ ।’

उनले जमाना नै फेरिएको बताउँदै भलाद्मीर सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गरे । ‘हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो ? को हो म चिन्या छ हँ? भने पछि झन् के हो के हो‘ यस्तो खाल्को जमाना छ’, उनले भने । प्रधानमन्त्री ओलीले त्यसा प्रवृतिविरुद्ध निश्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए ।

प्रकाशित : २६ माघ २०८१, शनिबार ००:००