Breaking News Post

छोरीको प्रतिज्ञा र ८६ बर्षिय बृद्वबुबाको इच्छाले जन्मायो याक्थुङ साप्मुन्धुम


१८ चैत्र २०८१, मंगलबार ००:००


काठमाडौँ, केही बर्ष अघि कोरोना कहरको समयमा मर्निङ्वाकको क्रममा बुबालाई माया गर्दै सोधिन -“बुबा हजुर को अब अन्तिम इच्छा के छ ? भनिसियोस म पूरा गरिदिन्छु । प्यारी कान्छी छोरी भावना तुम्बाङफेको यो सोधाईमा ८६ बर्षिय बृद्व बुबा लीलाबहादुर तुम्बाहाङ्फेको मनमा २ वटा इच्छा जाहेर भए।

एक अग्रज पिता,पुर्खाहरुले सङ्गालेर राखिदिएको लिम्बू र लिम्बुवानका पुराना हस्तलिखित लालमोहर,लेखोट, तमसुक जस्ता दस्तावेज हरुलाई पुस्तकको रुपमा प्रकाशन गर्ने र अर्को इच्छा आफ्नै जन्मघर मेयङलुङ तेह्रथुममा अन्तिम सास फेर्ने ।

त्यही छोरीको प्रतीज्ञा र बुबाको अन्तिम इच्छाले अन्तत: पुस्तकको रुप लिएको छ – याक्थुङ साप्मुन्धुम । उक्त पुस्तक ललितपुरको तिखेदेवल स्थित सयल बाटिकामा शनिबार एक भब्य कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ ।

पूर्वकुलपति, मुन्धुमविद् बैरागी काइलाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै भन्नुभयो – ईतिहास हाम्रो अस्तित्वहरुलाई बचाईराख्नुपर्छ। पुस्तक ‘याक्थुङ साप्मुन्धुम : लिम्बू र लिम्बुवान इतिहास’ को समीक्षा डा.कमल तिगेला ले गर्नुभएको थियो।

त्यसैगरी पुस्तकको सम्पादक डि.बि.आङ्बुङ ले पुस्तकको रचना गर्भ र सम्पादनको क्रममा भोगिएका तिता मिठा अनुभव हरु प्रस्तुत गर्नुभएको थियो। बि.स. १८३१ देखि मात्रै याक्थुङ लाई लिम्बू भन्न थालिएको भन्ने बुझाईलाई चिर्दै १८१८ देखि नै लिम्बू भनेर सम्बोधन गर्न थालिएको प्रमाण साप्मुन्धुम भित्र भेटिन्छ।

शुभकामना मन्तव्य राख्ने क्रममा किरात याक्थुङ चुम्लुङ को संघिय महासचिव निरन्ती तुम्बापोले अहिले पहिचानको आन्दोलनमा रहेको र लिम्बू र लिम्बुवान ईतिहास बारे बुझ्न र बुझाउन यस पुस्तकले थप सहयोग पुग्ने कुरामा जोड दिनुभयो।

यसैगरी शुभकामना मन्तव्यकै क्रममा माननिय सीता गुरुङ ले ८६ बर्षको उमेरमा लेखकको यो जागरलाई सम्मान गर्नुभयो। लेखक लिला बहादुर तुम्बाहाङ्फेले भन्नुभयो – आफ्नो अन्तिम ईच्छा स्वरुप पुराना पितापुर्खाको दस्ताबेज हरु लाई भावी पुस्ताको लागि ईतिहास बनोस भनेर लेखेको हुँ।

शिक्षक समेत रहनुभएका लीलाबहादुरले पढाउनुभएका थुप्रै बिद्यार्थी हरुको समेत बाक्लो उपस्थितिमा आफ्नो गुरुलाई दोशल्ला ओढाएर सम्मान साथै बधाई दिएका थिए । लेखकको कान्छी छोरी भावना तुम्बाहाङ्फे र ज्वाइँ पासाङ नाम्ग्याल लामा प्रकाशक रहेका छन।केही बर्ष अघि कोरोना कहरको समयमा मर्निङ्वाकको क्रममा बुबालाई माया गर्दै सोधिन -“बुबा हजुर को अब अन्तिम इच्छा के छ ? भनिसियोस म पूरा गरिदिन्छु ।”

बुबाको प्यारी कान्छी छोरी भावना तुम्बाङफेको यो सोधाईमा ८६ बर्षिय बृद्व बुबा लीलाबहादुर तुम्बाहाङ्फेको मनमा २ वटा इच्छा जाहेर भए। एक अग्रज पिता,पुर्खाहरुले सङ्गालेर राखिदिएको लिम्बू र लिम्बुवानका पुराना हस्तलिखित लालमोहर,लेखोट, तमसुक जस्ता दस्तावेज हरुलाई पुस्तकको रुपमा प्रकाशन गर्ने, र अर्को इच्छा आफ्नै जन्मघर मेयङलुङ तेह्रथुममा अन्तिम सास फेर्ने ।

त्यही छोरीको प्रतीज्ञा र बुबाको अन्तिम इच्छाले अन्तत: पुस्तकको रुप लिएको छ – याक्थुङ साप्मुन्धुम । बि.सं. १९९५ मा मेयङलुङ फेदाप तेह्रथुममा जन्मनुभएका लीला बहादुर एक इतिहासविद लेखक र शिक्षक समेत हुन।

उहाँले आफ्नो सम्पुर्ण सक्रिय जिवन शिक्षण पेशामा समर्पण गर्नुभयो। काठमाडौको त्रिचन्द्र कलेजबाट इतिहास बिषयमा स्नातक बि.ए. गरि आफ्नो पुर्ख्यौली थलो तेह्रथुममै फर्केर आफ्ना बिद्यार्थीहरुलाई ईतिहास पढाउनुभयो।

आफ्नो पैंतिस बर्षे शिक्षण सेवाकालमा मेयङलुङस्थित सिंहबाहिनी बिद्यालयको लामो समय प्रधानाध्यापक पनि हुनुहुन्थ्यो । यो कृतिभन्दा पहिले वहाँले “सातरेनुहाङ तुम्बाहाङ्फे वंशावली र फेदाप लिम्बुवान” २०६३ नामक एतिहासिक ग्रन्थ लेखी प्रकाशन गर्नुभएको छ।

यस कृतिले व्यापक चर्चा,समिक्षा र सन्दर्भ सामाग्री श्रोतका रुपमा समेत स्थान पाएको छ। बि.सं. २०३९सालमा राज्य सरकारबाट “सेवा पदक” समेत प्राप्त गर्नुभएको छ। वहाँले विशेषत: इतिहासको अध्ययन र साधना गर्दै किरात याक्थुङ चुम्लुङ तेह्रथुमको अध्यक्ष समेत बनेर समाजसेवामा योगदान पुर्याउनु भएको छ।

प्रकाशित : १८ चैत्र २०८१, मंगलबार ००:००