बुटवल–दोभान (पाल्पा) सडक खण्डमा कारमाथि ढंगा खस्दा एकजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् ।
तिनाउ गाउँपालिका९३ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ । घाइतेको अवस्था सामान्य भए पनि कारमा भने क्षति पुगेको प्रहरीको भनाइ छ ।
उक्त कार पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको थियो । दुर्घटनास्थल सिद्धबाबा सुरुङमार्गभन्दा केही मिटर पूर्व माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचको दुर्घटना जोखिमपूर्ण खण्डमा पर्छ । यो भागमा पनि सुरुङमार्ग बन्नुपर्ने धेरैको माग थियो । तर, माथिल्लो सिद्धबाबा मन्दिर भत्काउनुपर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सुरुङ मार्ग बन्न नसकेको हो । सुरुङमार्ग माथिल्लो सिद्धबाबा मन्दिरबाट बन्दैछ ।











प्रतिक्रिया