गृह पृष्ठ

बबरमहलस्थित सडकमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु


२९ चैत्र २०८१, शनिबार ००:००


काठमाडौँ महानगरपालिका-११ बबरमहलस्थित सडकमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ । प्र.२-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३-०२.०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, चितवनको भरतपुर महानगरपालिका-२५ छाताचोकमा ना.५१ प २०४० नम्बरको मोटरसाइकल र बा.प्र.०६-००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.५१ प २०४० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ बस्ने ३९ वर्षीय टेक बहादुर पुलामी मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.५१ प २०४० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बा.प्र.०६-००२ प १३०४ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।

यसैगरी मोरङको सुनवर्षी नगरपालिका-३ तल्लो भेलाइ टोलस्थित सडकमा सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्रदेश.१-०२-००३ त ०७५२ नम्बरको ट्याक्टरले प्रदेश १-०४-००१ प ४०११ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका-३ बस्ने ३१ वर्षीय भूपेन्द्र कटुवालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २९ चैत्र २०८१, शनिबार ००:००