गृह पृष्ठ

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना,१९ जना घाइते


३२ जेष्ठ २०८२, शनिबार ००:००


काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।

दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले जानकारी दिएका छन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित : ३२ जेष्ठ २०८२, शनिबार ००:००