गृह पृष्ठ

माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी मृत्यु


२० असार २०८२, शुक्रबार ००:००


बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।

प्रकाशित : २० असार २०८२, शुक्रबार ००:००