आर्थिक

साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई धरौटीमा रिहा गर्न आदेश


१३ भाद्र २०८२, शुक्रबार ००:००


काठमाडौँ, साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोग उनीविरुद्ध थियो । सोही उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए ।

प्रकाशित : १३ भाद्र २०८२, शुक्रबार ००:००