मे ३०,युके
बेलायत युकेबासी किरात धर्मावलम्बीहरुले बार्षिक चोमेन तथा साक्मुरा वादेम्मा गालिश्राप बहन्ती ) कार्यक्रम सम्पन्न गरिएको छ ।

आसफोर्ड स्थित भिक्टोरिया पार्कमा भब्य रुपमा गालीश्राप बहन्ती,ताम्भुङ तेत्त्ला, युमाथेबा ,अक्वानामा सहित येत नाम्धुङ लाधुङ सेमि सेवा सम्पन्न गरिएको थियो।
किरात याक्थुङ चुम्लुङ युके का अध्यक्ष कमला सेन्दाङ को प्रमुख आतिथ्यतामा युकेमा रहेका बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत आतिथ्यता रहेको थियो।

युकेका बिभिन्न ठाँउबाट करिब २०० बढी भक्तजनहरु उपस्थित रहेको कार्यक्रमको संयोजक किरात धर्म तथा सहित्य उत्थान संघ युके का उपाध्यक्ष केबाहाङ चेम्जोङ रहनुभएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको प्रमुख आयोजनमा सम्पन्न सेवा बर्शेनी गरिदै अएको समिति अधयक्ष राजेन्द्र खिम्दिङले बताउँनुभयो।












प्रतिक्रिया