समाचार

किरात याक्थुङ चुम्लुङ (केवाईसी) थामेन्दिङमा चुम्लुङ युकेले अन्तर साखा हाजिरी जवाफ तथा लिम्वु भाषामा वक्तृत्वकला प्रतियोगिता भव्यरुपमा सम्पन


२० जेष्ठ २०८३, बुधबार ००:००


जुन ३,बेलायत

किरात याक्थुङ चुम्लुङ (केवाईसी) थामेन्दिङमा चुम्लुङ युकेले अन्तर साखा हाजिरी जवाफ तथा लिम्वु भाषामा वक्तृत्वकला प्रतियोगिता भव्यरुपमा सम्पन्न गरेको छ।
गत सनिवार मेटिस्टोन स्थीत चुम्लुङदेनको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा केवाईसी वेल्स साखावाट दिपक येङ्देन,सुनिला जबेगु र रोशनी चेम्जोङको टोलीले प्रथम स्थान हासिल गर्यो भने केवाईसी ग्रेटर लण्डन जेष्ठ साखावाट चिरेन्द्र लावुङ,कोमल सेने र वुद्धमाया लिम्वुको टोली दोश्रो स्थानमा रह्यो। तेश्रो स्थानमा रहेको केवाईसी थोरक साखावाट लक्ष्मी लिवाङ्,युवराज इस्पो र सेरु इङ्नाम सहभागि भएका थिए। हाजिरी जवाफ प्रतियोगितामा ८ वटा साखाहरुले भाग लिएको थिए।

मेल्लुङ फुसिङमा -सयमुन्द्रि छिनाउने/वागदत् दिने) विषयमा लिम्वु भाषामा भएको वक्तिृत्वकला प्रतियोगितामा केवाइस्ी ग्रेटर लण्डन जेष्ठ साखाका लोक वहादुर सेने प्रथम,केवाईसी ग्रेटर लण्डन साखाका भक्ति आङदेम्वे दो्रश्रो र केवाइसी थोरक साखाकी इन्दु पन्धाक इस्वो ते्रश्रो भएकी थिइन्।
भापा तथा सस्कृति विद् येहाङ लावती,समाजसेवी तथा कलकार नरकुमारी वनेम र वक्तृत्वकला प्रतियोगिताको पुर्व विजेताहरु सानु सुव्वा र पुर्ण वोख्खिमले प्रतियोगिहरुको मुल्याङकन गरेको थिए । प्रतियोगिताको परिणाम सुनाउदै मनतव्य दिने क्रममा निर्णायक मण्डलको संयोजक रहेका लावतीले विदेसमा रहेर त्यसमा पनि महिलाहरुले आफनो पहिचान वचाउनको लागि याक्थुङ इतिहास, मुन्धुम,भेषभुषा,भाषा,संस्कार र सस्कृतिलाई समेट्ने महत्वपुर्ण कार्यक्रम आयोजना गरेकामा आयोजकको खुलेर प्रंशसा गर्दै यस्तो कार्यक्रम स्वयम चुम्लुङले गर्नुपने साथै वर्षमा दुइ पटक गर्नु पर्ने सुझाव दिनु भयो।
कार्यक्रममा विभिन्न क्षेत्रमा अग्रणी महिलाहरुलाई उनीहरुको दिएको योगदान तथ सफलताको लागि कदर पत्र तथा दोसल्ला ओढाई सम्मान प्रदान गरिको थियो। सम्मान पाउनेहरुमा केवाईसी युके प्रथम महिला अध्यक्ष कमला सेन्दाङ लिम्वु, नेपाल पत्रकार महासंघ युके प्रथम महिला अध्यक्ष विमला सेने,नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष नेत्रकला युमा लिम्वु , ग्रेटर रसमोर नेपाली समाजकी अध्यक्ष लिला सेलिङ मावो, सेवारो कलाकार संघ युकेकी अध्यक्ष इन्दु पन्धाक,केवाईसी वेन्सा चुम्भोकी अध्यक्ष हाङ्मा लावती,केवाईसी मेडिस्टोन साखाकी अध्यक्ष मेनुका अन्छङवो,केवाईसी कोलचेस्टर साखाकी अध्यक्ष राजकुमारी तेम्वे,गीतकार सानु सुव्वा,व्याडमिन्टन राष्ट्रिय खेलाडी सकुन नेम्वाङ,गीतकार होमा पाहिम,कलाकार दिलु मादेन,गायिका तथा नायिका विष्णु चेम्जोग लगायत रहेका थिए।


केवाईसी युकेकी केन्द्रिय अध्यक्ष कमला लिम्वु कार्यक्रमको प्रमुख अतिथी रहेकी थिईन भने औपचारिक कार्यक्रमलाई महासचिव सुभ नेम्वाङले संचालन गरेकी थिइन भने दोश्रो चरणको सम्मान कार्यक्रमलाई सचिव धन कुमारी थोक्लीहाङले संचालन गरेकी थिइन।
कार्यक्रममा केवाइसी युकेका संस्थापक अध्यक्ष खड्कजंग आङवोहाङ,एन एर एन आईसीसीका उपाध्यक्ष विश्वासदीप तिगेला,ग्रेटर रसमोर नेपाली समाजका अध्यक्ष लिला सेलिङ मावो,पाचथार समाज युकेका अध्यक्ष नगेन्द्र नेम्वाङ,एन एर एन ए युकेका महासचिव जुरेन्द्र खजुम,याक्थुङ कल्चर एन हेरिटेज युकेका संयोजक गणेश इजम,युमा साम्यो युकेका अध्यक्ष प्रकास चोंवाङ,मिडिया कर्मी दिनेश लिङखिम,नायकी विष्णु चेम्जोग लगायत केवाईसी युकेको शाखा अध्यक्षहरु तथा पदाधिकारीहरुको वाक्लो सहभागिता रहेको थियो।

प्रकाशित : २० जेष्ठ २०८३, बुधबार ००:००