सूचना-प्रविधि

नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिनुपर्ने


२६ आश्विन २०७७, सोमबार ००:००


काठमाडौं,ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ ।

नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ । यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी दुई हजार एक सय र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप जोडेर मात्रै ग्यास बिक्री वितण गर्ने निर्णय गरेको थियो । यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यस किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

यो पनि पढ्नुहोस:

शारिरिक असक्त भएकी २१ बर्षिया छोरी, दिष्टीबिहिन भाई र बृद्धा आमासहित ७ जना सदस्य रहेको सोमलाल धिमाल परिवारलाई आर्थिक सहयोग मिल्दै आएको छ । मोरङको कानेपोखरी ५ स्थित साफिलाल टोलका स्थायि बासिन्दा रहेका धिमालको आर्थिक अबस्था ज्यादै कमजोर रहेकोले अपांग परिवारलाई उचित लालन पोषण र औषधी उपचार गर्न असक्षम भएका देखिन्छन ।

यसरी आफू आर्थिक भारका कारण समस्यामा परेको कुरा उनले स्थानिय पत्रपत्रिका, युट्यूव तथा स्थानिय पत्रकार भोलामा भन्दै आएका छन । उनको यही भनाईलाई मध्य नजर राख्दै स्थानिय युवाहरुले धिमाललाइ आर्थिक सहयोग गर्दै आएका छन । हिजो धिमालको घरमा एक कार्यक्रमको आयोजना गरि स्थानिय अमर धिमाल, बिनोद धिमाल ,भोला भट्टराई र मंगलबहादुर धिमालले ५ शय रुपैया सहयोग गरेका हुन ।

साँथै सोमलाल धिमाललाई आर्थिक सहयोग अभियान मार्फत कोष खडा गरि उनको परिवारलाइ सहयोग गर्ने स्थानिय अमर धिमालले सुनाए । जिर्णरुपमा रहेको घरमा ज्यादै कष्टपुण आफ्नो दैनिकी चलाइरहेका धिमालको घरमा पिउने पानी, शौचालय समेत नभएकाले अर्थिक सहयोग अभियानबाट संकलित रकमले उनको घरमा शौचालय निर्माण गर्ने अभियानका अर्का एक जना सदस्य बिनोद धिमाले बताए । सोमलाल धिमालले आफ्नो अवस्था माथि रहयोगी हाँतहरु बढी दिए कष्टकर जीवनयापनमा केही राहात मिल्ने आशा गरेका छन । अर्थात् आर्थिक सहयोग

प्रकाशित : २६ आश्विन २०७७, सोमबार ००:००