Breaking News Post

टुँडिखेलमा यसरी दुबो रोपिँदै छ


२८ जेष्ठ २०८३, बिहिबार ००:००


काठमाडौंको टुँडिखेलमा धमाधम दुबो रोपिँदै छ।

काठमाडौंको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत दुबो रोपिएको हो।

टुँडिखेल काठमाडौं उपत्यकाको प्रमुख खुला क्षेत्रका रूपमा परिचित छ।

 

यहाँ राष्ट्रिय समारोह, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक घुमफिर हुने गरेको छ।

पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण र खुला क्षेत्रको उपयोगितालाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

हरियाली कार्यक्रमअन्तर्गत सुरू गरिएको दुबो रोपण अभियानले टुँडिखेललाई थप आकर्षक, वातावरणमैत्री र नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित : २८ जेष्ठ २०८३, बिहिबार ००:००