न्त्री यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला (राष्ट्रिय) केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
पहिलो चरणको निर्वाचनमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत पाएका छन्
बालेन शाह नेतृत्वको सरकार १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।
जसमध्ये श्रममन्त्री यादवबाहेक अन्य सात जना मन्त्रीहरू भने रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
रास्वपाको संशोधित विधानमा केन्द्रीय सदस्य १५८ सदस्यीय बनाइएको छ । जसमध्ये पहिलो चरणको निर्वाचनबाट ९९ जना निर्वाचित भइसकेका छन् ।
बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहने छन् ।
पहिलो चरणको निर्वाचनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका थिए । उनले दुई हजार ६०७ मत प्राप्त गरेको पार्टीद्वारा गठित निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो धेरै मत कानुनमन्त्री समेत रहेकी नेतृ गौतमले प्राप्त गरेकी छिन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार गौतमले दुई हजार ५९४ मत प्राप्त गरेकी छिन् ।
आयोगका अनुसार परराष्ट्रमन्त्री खनालले दुई हजार ४९५ र सिँचाइमन्त्री श्रेष्ठले दुई हजार ९४ मत ल्याएका छन् । उनीहरूले प्राप्त गरेको यो मत खुलातर्फको हो । प्रवासको तर्फबाट प्राप्त मत पनि यसमा जोडिन्छ ।
भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित सामाजिक सुरक्षामन्त्री बादीले एक हजार ७५१, स्वास्थ्यमन्त्री मेहताले एक हजार ८६१ र कृषिमन्त्री चौधरीले ८९० मत प्राप्त गरेको आयोगले जनाएको छ ।











प्रतिक्रिया