१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दाबी गरेका छन् ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने दाबी गरे ।
प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सुधार आउने बताए ।
उनले नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेको भन्दै अर्को वर्षबाट त्यसको नतिजा देखिने दाबी गरे ।
‘अहिलेको सरकारले अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयन गरिरहेको छ’ सम्बोधनका क्रममा उनले भने । शिक्षा र स्वास्थ्यमा लगाइएका समता शुल्कले भुइँ मान्छेलाई असर नगर्ने दाबी उनले पुनः दोहोर्याएका छन् ।
प्रतिक्रिया