उपकार लघुवित्तको १२.६८ तथा स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशत बढ्यो । जनउत्थान लघुवित्तको ३.०९ तथा त्रिशुली जलविद्युतको २.७७ प्रतिशत मूल्य बढ्यो । सालपा विकास बैंकको ८.२८, थ्रीस्टार हाइड्रोपावरको ७.९२, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.७६ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएकामा डिबेन्चर अगाडि रहे । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स संस्थापक, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स धेरै रकमको कारोबार भएका कम्पनीमा अगाडि रहे ।
मौद्रिक नीति सार्वजनिकपछि दोस्रो दिन बजार घटेको हो । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने विषय मौद्रिक नीतिमा उल्लेख छ । यसले केही अन्योलता बजारमा बढेको छ ।
हाल १८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको छ ।
अर्कोतर्फ असार मसान्तमा बैंकको किस्ता बुझाउने समय भएकाले त्यसको असर पनि शुक्रबार देखिएको छ । शुक्रबारसम्म सेयर बिक्री गरेको रकम असार मसान्तसम्म खातामा आएर बैंकको साँवा तथा ब्याज भुक्तानी गर्न सकिन्छ ।










प्रतिक्रिया