ताजा घटना

छिमेकी बालकलाई उपचार गराउन मोटरसाइकलमा लगे दुर्घटनामा उनकै गयो ज्यान


४ मंसिर २०७७, बिहिबार ००:००


काठमाडौ, छिमेकी बालकलाई उपचारका लागि भन्दै आफ्नो मोटरसाइकलमा लिएर गएका मोटरसाइकल धनी सहित बालकको निधन भएको छ । छोराको उपचारको लागि गएकी आमा घाइते भएकी छन् । बिर्तामोडमा यस्तो घटना भएको हो। बुधवार दिउँसो साढे ११ बजे पूर्व(पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका(६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना भएर सडकमा लडेको मोटरसाइलमा रहेका उनीहरुलाई ट्रकले कि’चे’को हो ।

दुर्घटनामा निधन हुने बुद्धशान्ती–३ का ११ बर्षिय दिप्सन कडेँल र सोही ठाउँका २४ बर्षिय कुशल लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कुशलले आफ्नो छिमेकी दिप्सनलाई उपचारका लागि अस्पताल लैजान सहयोग गरेका थिए । दिप्सनको आमा पनि मोटरसाइकलमा बसेकी थिइन् ।

घटनामा दप्सनकी आमा घाइते भएकी छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–६ को गिरी मन्दिर नजिकै पश्चिमबाट पूर्वतर्फ गइरहेको मे २ प ४८४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ‘अन टेष्ट’ मोटरसाइकल एकआपसमा ठोकिएको थियो ।

सोही क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले मोटरसाइकललाई किचेको हो । ११ वर्षीय दिप्सन र कुशलको घटनास्थलमै निधन भएको छ भने सोहि मोटरसाइकलमा पछाडि सवार दिप्सनकी आमा सावित्रा घिमिरे कडेल सामान्य घाइते भएकी छन् । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छिमेकीको मोटरसाइकल सहयोग मागेर सावित्रा कडेलले छोराको आँखा जाँच गराउन बिर्तामोड आएको प्रहरीले बताएको छ ।

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार ००:००