ताजा घटना

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु


७ मंसिर २०७७, आइतबार ००:००


बिराटनगर, नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो । ५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले जानकारी दिए ।

प्रकाशित : ७ मंसिर २०७७, आइतबार ००:००