ताजा घटना

नाकमा आएको डण्डीफोर निचार्दा भयो यस्तो स्वरूप


२९ मंसिर २०७७, सोमबार ००:००


फिलिपिन्सकी एक किशोरी ‘मेरी यान रेगाचो’ले नाकमा आएको डण्डीफोर नि”चोरेपछि अहिले उनको अनुहार सुन्नि’एर बेलून जस्तै भएको छ । नाकको छेउमा आएको सानो डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो । र अहिले आँखा समेत हेर्न गाह्रो परेको छ ।

मेरीको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । अति नै भएपछि उनले डण्डीफोर निचो’रिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सुन्निन थाल्यो ।

उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन । उनका श्रीमान ‘अल्बर्ट सालेस’ छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार ००:००