Breaking News Post

एनपीएल उद्‌घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाने


१० कार्तिक २०८३, सोमबार ००:००


काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्‌घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्‌घाटन दिउँसो ५ बजे हुनेछ

तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि उनले शुभकामना दिएका हुन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् ।

प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ– ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ । यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।’

प्रकाशित : १० कार्तिक २०८३, सोमबार ००:००