१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी कुशल मल्लले गर्दै आएका थिए । आजको खेलमा कुशल प्लेइङ ११ मा अटाएका छैनन् । विराटनगर किंग्सको कप्तानी सन्दिप लामिछानेले गरेका छन् । लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’ एनपीएलको तेस्रो संस्करणमा दुवै टोलीले पहिलो खेल खेल्न लागेका हुन् । Post Views: 7 प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार ००:००
प्रतिक्रिया