ताजा घटना

सोलुखुम्बुका कार्यवाहक वडा अध्यक्ष माथी हातपात


१८ भाद्र २०७८, शुक्रबार ००:००


थुलुङ दुधकोशी गा.पा.८ का कार्य वाहक वडा अध्यक्ष तिलक बहादुर राई र युवा व्यावसायि बसन्त राई माथी हातपात भएको छ । केहि दिन अगाडि वडा कार्यलय भवन निर्माणका लागि बालुवा ढुवानी गरिरहेको अवस्थामा बाटोमा ट्याक्टर रोकेर गुण्डा गर्दी शैलीमा प्रस्तुत गरेकोले सो कार्यको सहजीकरण गर्नका लागी जादा सोही वडाका मिलन राई लगायत अन्य ब्याक्तीहरु मिलेर अध्यक्ष राई माथी हात पात गरेका हुन् ।

हातपात बाट अध्यक्ष राई घाइते भएका छन् । अध्यक्ष राईको टाउको र कानमा समस्या देखिएकाले उपचारकालागि काठमाडौं पठाइएको हो । अध्यक्ष राई संगै गएका अर्का ब्याक्तीलाई भने सामान्य हातपात गरेका छन् ।

अध्यक्ष राई माथि गरिएको हातपात ,विभिन्न गालिगलौज अमानवीय व्यबहार भएकाले घटनाको दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याई आवश्यक कानुनी कार्वाही गर्नु पर्ने नेकपा माओवादी केन्द्र वडा नं ८ का अध्यक्ष राजेश बाबू किराँतिको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार ००:००