काठमाडौं ,प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।
देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्याउनुपर्ने देखिएको उनको भनाइ छ । ‘हामीसँग कुरा गर्दा वहाँले विधान संशोधनको कुरा पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्छु एकपटक मलाई सहयोग गर्नुहोस् भनेर भन्नुभयो,’ सिंहले भने ।
https://www.facebook.com/watch/?ref=external&v=3047487448836048











प्रतिक्रिया