मनोरञ्जन

गोकर्णेश्वरमा आदिबासी किरात समाजले किरातहरुको सास्कृतिक महान चाड उधौली भुमेनाच भब्य रुपमा सम्पन्न


६ पुस २०७८, मंगलबार ००:००


काठमाण्डौं, किरातहरुको सस्कृतिक महान चाड किरात यले सम्बत ५०८१ को उपलक्ष्यामा यालाखोम उपत्यकामा रहेको भुमेथानमा प्राकृतिक भुमेपुजा, नाच आईतबार, आदिवासी किरात समाज गोकर्णेश्वर ९ आरुबारीले किरात तथा गैर किरातहरुमा शुभकामना आदन प्रदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका क्षेत्रमा रहेको राष्ट्रिय शहिद तथा शान्ति पार्क जगडोल यज्ञडोल सामुदयक वन अन्तरगत रहेको किरात भुमेथानमा अयोजना गरी यालाखोम उपत्यकामा रहेको किरातीहरुले सोही अवसरमा आदिवासी किरात समाजको व्यावस्थापन तथा आयोजनामा भव्य रुपमा उधौली चाड साकेला नाच कार्यक्रमा को अध्यक्षता दिपेन्द्र चाम्लिङले गरेको थियो भने संघिय सांसद माननीय कृष्ण याक्खा राईको प्रमुख आतिथ्यमा औपचरिक रुपमा कार्यक्रम सम्पन्न भएको हो ।

बिशेष गरि पूर्वीय नेपालका किरातीहरुले मंसिरे पुणर््िामा र बैशाखे पुर्णिमाका दिन गरी अर्ध बार्षिक रुपमा आफ्नो समुदाय तथा आफ्नो घर परिवार, समाज र विश्वामा रहेको सम्पुर्ण जगत प्रणिहरुको सुख शान्ति सम्मृद्धीका लागि कामना गर्ने र आशिर्वाद दिने लिने चाडको रुपमा अवसरको रुपमा पनि लिने गर्छन् ।

प्रकृति पुजक किरातहरुले यो दिन ढोल, झयाँम्टा बजाएर आफ्नै मौलिक तथा लोक भाकामा गीत गाँउदै मिलेर गोलाकार भएर आपसमा नाँच्ने गर्छन् । किरातहरुको कला सँस्कृति झल्काउने भेषभुषा र पहिरणमा थाँतीएर आपसमा सामुहिक नृत्य गर्दै यो दिन निकै नै उल्लाशका साथ यी जातीहरुले उधौली चाड मनाउने गर्छन् ।

किरात समुदाय भित्रका विभिन्न जात जातिहरु कुलुङ, दुमी, चाम्लिङ, खालिङ, जेरुङ, लोरुङ, साम्पाङ, मेवाहाङ, कोयु, वान्तावा सुनुवार, बाहिङ, नाछिरिङ लगायतका जातीहरुले पृथ्वी आमा जिवित धर्तिलाइ आ आफ्नो विधि, अनुसार पुजा आराधना गरेर प्रसाद बाडेर खाँदै नाँच्ने गर्छन् ।

आदिबासी किरात समाजका बरिष्ठ सल्लाहकार तथा भाषा विज्ञ डा। नेत्र मणी दुमी राईले शुभकामना दिदै भन्नु भयो, हामी किरात प्रकृति पुजक हौं, हामीले हरेक बर्षको दुई पटक भुमीलाई पुजा गर्छौ । यो हाम्रो पुर्खाको पालादेखि मनाउदै आएको हाम्रो पुरानो सँस्कार हो । यसको जोर्गेना र संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

नेपाली काँग्रसका युवा नेता तथा आदिवासी जनजाती केन्द्रिय सदस्य सूर्य कुलुङले सम्पूर्ण किरात तथा गैरकिरात सबैलाई शुभकामना दिनु भयो । आफ्नो मौलिक कला सँस्कृति बचाऊ तथा जोगेर्ना गर्नका लागि यो साकेला चाडको ठूलो भुमिका रहेको पनि नेता कुलुङले बताउनु भयो ।

साथै उहाँले अहिले यसरी सबै किरातहरु एकै ठाँउमा जम्मा भएर नाँच्न पाउनुको पछाडी संघिय सांसद माननीय कृष्ण याक्खा राईको विशेष भुमिका रहेको बताउदै धन्यबाद पनि दिनु भयो । शहिद पार्कमा किरातीहरुको भूमी थान निर्माणका लागि सांसद कृष्ण याक्खा राईले बिशेष रुपमा पहल गरेको नेता कुलुङले बताउनु भयो ।

प्रमुख अतिथि तथा माननीय सांसद कृष्ण याक्खा राईले उधौली चाडको अवसरमा किरात तथा गैर किरातहरु लाई शुभकामना दिनु भयो । साथै सांसद राईले आयोजकलाई पनि धन्यबाद दिदै अपेक्षा गरिएको भन्दा धेरै राम्रो संख्यामा उपस्थिति रहेको बताउनु भयो ।

अबको ६ महिना पछि अर्को उभौली चाडमा यो भन्दा पनि बढी भव्य र सभ्य रुपमा कार्यक्रमको आयोजना हुने पनि उहाँले बताउनु भयो । यसमा आफ्नो तर्फबाट के सहयोग गर्न सकिन्छ रु त्यसको लागि आफु तयार रहेको पनि सांसद राईले बताउनु भयो ।

कार्यक्रमलाई आदिबासी किरात समाजका महासचिव नैन सेटाल्चु जेरुङले सञ्चालन गर्नु भएको थियो भने उपध्याक्ष बम बहादुर राईले स्वगत मन्तव्य गर्नु भएको थियो, माननीय कृष्ण याक्खा राईले ढोल र विशिष्ठ अतिथिहरुले झ्याम्टा बजाएर भुमेनाचको औपचारिक कार्यक्रम गरी अध्यक्ष दिपेन्द्र चाम्लिङले कार्यक्रम सम्पन्न गरेको थियो।

प्रकाशित : ६ पुस २०७८, मंगलबार ००:००