काठमाडौं, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि चैत ६ गतेदेखि राजनीतिक दल दर्ता गर्ने र वैशाख २ गते उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो।
आयोगको पूर्ण बैठकबाट निर्वाचन कार्यक्रम पारित भएपछि कार्यतालिका लागू हुनेछ। वैशाख ३० को निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन रोकिसकेको छ। निर्वाचन कार्यक्रममा आचारसंहिता लागू गर्नेदेखि प्रचारप्रसारको समय निर्धारण समावेश गरिएको छ।
वैशाख २ गते उम्मेदवारी मनोनयन गर्नेगरी आन्तरिक कार्यतालिका तयार भएको छ, आयोगको पूर्ण बैठकले निर्णय गर्न बाँकी छ,’ आयोग स्रोत का अनुसार उम्मेदवारलाई प्रचारप्रसारका लागि पर्याप्त समय दिएर आयोगले उम्मेदवारी मनोनयनको मिति प्रस्ताव गर्न लागेको हो ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा काठमाडौं लगायत केही महानगरमा विद्युतीय मतदान गर्नेबारे छलफल शुरू गरेको छ। महानगरमा विद्युतीय मतदान गर्ने विषयमा आज आयोगको बैठकमा छलफल भएको हो ।











प्रतिक्रिया