भक्तपुरको बिस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैझगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढा समेत भएको थियो ।
ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्ने सम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ । जात्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झै(झगडा हुने गर्दछ । भक्तपुरको बिस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।
यो पनि पढ्नुहोस:
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ । नेपाली नयाँ वर्षदेखि लागू हुने गरी बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर बढाएको हो ।
मन्त्रालयले यही चैत २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको जनाएको छ । मन्त्रालयका अनुसार अब चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । अब यात्रुहरूले ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै, ०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ तथा ०–२० किलोमिटरमा ३३ रुपैयाँ बुझाउनुपर्ने छ । २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ तिर्नुपर्ने छ ।











प्रतिक्रिया