गोलबजार घटना : गणेश यादवका परिवार र सरकारबीच सात बुँदे सहमति

१६ साउन, जनकपुरधाम । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ । गए राति गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाहीमा पुगेर सहमति गरेका हुन् । सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ । गृहमन्त्री सुदन…