काठमाडौँ, कुलुङको शाब्दिक अर्थ हुन्छ, ‘ढुंगामा पानी जमेको स्थान ।’ ‘माप्य’ नाम गरेको खालिङ किराँतीहरूको पुर्खा साल्पा भञ्ज्याङ, पाँचपोखरी हुँदै तेङबोचे लागेछन् । सोही क्रममा पाँचपोखरीभन्दा केही तल जंगलको ढुंगामा खाल्डो परेको स्थानमा पानी जमेको देखेछन् । ढुंगामा पानी जमेको देखेर माप्य पुर्खाले ‘कुःलुङ’ भनेछन् । खालिङ भाषामा ‘कु’को अर्थ पानी र लुङको अर्थ ढुंगा हुन्छ…